
काठमाडौं ।
भनिन्छ कि पिताको मृत्युपछि छोराको उमेर पहिले भन्दा बढि हुन्छ । उसको बालपन गुमाउँछ र पिताको जिम्मेबारी बहन गर्नुपर्ने हुन्छ । हालै जापानमा भने एक व्यक्तिले आफ्नो बाबुको मुत्युको ७ वर्षपछि गुगल अर्थमा भेटेका छन् ।
जापानका ती व्यक्तिले यति वर्षपछि आफ्नो पिताको एक तस्वीरलाई गूगल अर्थमा देखेका हुन् ।
ट्विटरमा @TeacherUfo यूजरनाम रहेका एक यूजरले कोरोना महामारीको समय फुर्सतमा भएको बेला उनले गूगलमा आफ्नो माता पिताको घर सर्च गरेका थिए ।
उनले भने, ‘मेरो पिता जरुर मेरी आमालाई कुरिरहेका थिए होलान… उनी निकै शान्त र दयालु व्यक्ति थिए ।’
यो तस्विरमा उनको पिता सडकको छेउमा उभिरहेको देखिएको छ ।
コロナでやる事ないからGoogleEarthで実家見に行ったら7年前に死んだ親父が写ってた。その先に人が居たから見に行ったら母ちゃんだった。一服しながら奥さんの帰りを待ってたんだな。無口だけど優しい親父だった。このままこの場所の写真更新しないで欲しいな。 pic.twitter.com/PXxBICAxmz
— タムチンキ (@TeacherUfo) January 4, 2021
यी तस्वीरहरु ट्विटरमा राखे लगत्तै दुबै तस्वीरहरुले ६ लाख भन्दा धेरै लाईक्स पाएका छन भने यसलाई निकै ट्वीट समेत गरिएको छ र भाइरल भएको छ।
गुगल अर्थलाई अधिकांश नेटिजनहरुले विभिन्न स्थानहरुको बारेमा जानकारी लिन र खोजी गर्न प्रयोग गर्ने गर्दछन् । एजेन्सी
प्रकाशित: २६ पुष २०७७, आईतवार