क्लिनफिड नगर्ने तथा डबिङ्ग गरिएका विज्ञापन प्रशारण गरे विज्ञापन बोर्डले कारबाही गर्ने

Technology Khabar २६ पुष २०७७, आईतवार

काठमाडौं ।

विज्ञापन बोर्डले विज्ञापन नियमन ऐन विपरित क्लिनफिड प्रशारणका कार्यहरु भईरहेको भन्दै सो नरोकेमा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।

बोर्डले आज सार्वजनिक सूचना प्रकाशित गर्दै कानून विपरीत यदाकदा क्लिनफिड तथा डबिङ्ग गरिएका विदेशी विज्ञापनहरु प्रसारण भइरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यसो नगर्न नगराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको हो ।

‘अन्यथा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।’ बोर्डको सूचनामा उल्लेख छ।

सरकारले लागू गरेको विज्ञापन नियमन ऐन २०७६ तथा नियमावली २०७७ अनुसार गत कात्तिक ७ देखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण लागु गरेको छ । तर केही विदेशी च्यानलहरुमा भने कानून विपरीतका डबिङ्ग गरिएका विज्ञापन बज्न सुरु भएको छ।

यसअघिदेखि नै नेपाली च्यानलहरुमा विदेशी विज्ञापन डबिङ गरेर प्रसारण हुँदै आएका छन् । बोर्डले भने यस्ता दुबै कार्यहरु क्लिन फिड विपरीत भएको उल्लेख गरेको छ ।

प्रकाशित: २६ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया