ह्वाट्सएपको नयाँ गोपनीयता नीति विरुद्ध एलन मस्क, सिग्नल एप प्रयोग गर्न सल्लाह

  • Technology Khabar | २५ पुष २०७७, शनिबार
ह्वाट्सएपको नयाँ गोपनीयता नीति विरुद्ध एलन मस्क, सिग्नल एप प्रयोग गर्न सल्लाह

काठमाडौं ।

मेसेजिङ्ग एप ह्वाट्सएपले आफ्नो गोपनीयता नीति परिवर्तन गर्ने घोषणा गरेको छ। कम्पनीको यो घोषणा भएदेखि सबै प्रकारका प्रतिक्रियाहरू सोशल मिडियामा आउँदैछन्।

यसैबीच टेस्लाका सीईओ एलन मस्कले मानिसहरूलाई सिग्नल एप प्रयोग गर्न सल्लाह दिएका छन्। एलन मस्कको यो ट्वीट ह्वाट्सएपको प्राइभेसी नीतिको विरोधको रूपमा हेरिएको छ।

यस भन्दा अघि नै, एलन मस्कको फेसबुकका सीईओ मार्क जुकरबर्गसँग धेरै विषयमा असहमति रहेको छ।

सिग्नल एप एक लोकप्रिय गोपनीयता केन्द्रित मेसेजिङ्ग एप हो, यो सुरक्षा विशेषज्ञ, गोपनीयता अन्वेषकहरू, शिक्षाविदहरू र विश्वभरिका पत्रकारहरूको ठूलो संख्याले प्रयोग गर्दछन्। सिग्नल एपमा ह्वाट्सएपको जस्तै इन्ड टू इन्ड एन्क्रिप्शन (end-to-end encryption) प्रोटोकल पनि छ।

त्यसैगरि सिग्नल एप ओपन स्रोर्समा आधारित छ भने ह्वाट्सएप ओपन स्रोर्स एप होइन। एजेन्सीका साथ

प्रकाशित: २५ पुष २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २५ पुष २०७७, शनिबार