राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल २०२० नम्रता श्रेष्ठ नियुक्त

  • Technology Khabar | २४ पुष २०७७, शुक्रबार
राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल २०२० नम्रता श्रेष्ठ नियुक्त

काठमाडौं ।

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल २०२० नम्रता श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि उनलाई शुक्रबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।

सो कार्यक्रममा दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताईन ।

प्रकाशित: २४ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार