
काठमाडौं ।
लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता सम्पन्न गरेको छ ।
यस सम्झौता अन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमि, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्ग गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
प्रकाशित: २३ पुष २०७७, बिहीबार