खल्ती डिजिटल वालेटबाट रु.२० रिचार्जमा आइफोन १२ जित्ने अवसर

  • Technology Khabar | २२ पुष २०७७, बुधबार
खल्ती डिजिटल वालेटबाट रु.२० रिचार्जमा आइफोन १२ जित्ने अवसर

काठमाडौं ।

खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्य क्तिहरूका लागि “Khalti मा iPhone 12” अभियान मार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ ।

यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निकै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने कम्पनीको दाबी छ।

खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो । उक्त योजनामा सहभागी हुनेहरूमध्ये बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्ने बताईएको छ।

यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि वेवसाइट Khalti.com वा खल्ती मोबाइलएपको होमस्क्रिन मा रहेको खल्ती ‘बजार’ मा गइ “Khaltiमा आइफोन १२” क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ ।

विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।

प्रकाशित: २२ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार