Technology Khabar २१ पुष २०७७, मंगलवार
काठमाडौं ।
वानप्लसका स्मार्टफोनहरुमा एन्ड्रोइडमा आधारित अक्सिजन ओएस ११ अपडेट आउने भएको छ।
वानप्लसका एन्ड्रोइड ११ मा आधारित स्मार्टफोनहरुमा मात्र अक्सिजन ओएस ११ अपडेट आउनेछ । अक्सिजन ओएस११ हालका लागि वानप्लस ८टी र वानप्लस ८ सिरिजमा मात्र उपलब्ध हुनेछ ।
रिर्पोटका अनुसार अन्तिम चरणमा वानप्लसको सस्तो फोन नोर्डमा पनि अक्सिजन ओएस ११ अपडेट दिइनेछ । गत हप्ता वानप्लस नोर्डमा अक्सिजन ओएस १०.५.१० अपडेट दिइएको थियो । उक्त अपडेटमा डिसेम्बर सेक्यूरिटी प्याच पनि उपलब्ध छ ।
त्यस पछि मात्र वानप्लस ७ र वानप्लस ७टी सिरिजमा नयाँ अपडेट दिइनेछ । त्यसैगरि यो अपडेट वानप्लस ६ र वानप्लस ६टी मा पनि उपलब्ध हुनेछ ।
अक्सिजन ओएस ११मा अलवेज अन डिस्प्ले, डार्क मोड र जेन मोड २.० लगायतका फिचरहरु राखिएका छन् । एजेन्सी
प्रकाशित: २१ पुष २०७७, मंगलवार