Technology Khabar २१ पुष २०७७, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकम (एनटीसी) को प्रयोगकर्ता हुनुहुन्छ भने सिममा ब्यालेन्स नभए पनि फोन गर्न सक्नुहुनेछ ।
नेपाल टेलिकमले आफ्नो प्रिपेड ग्राहकलाई क्रेडिट (सापटी) सेवा उपलब्ध गराउँदै आएको छ । जसमा नमस्ते क्रेडिट योजना अन्तर्गत सेवाग्राहीले पाँच रुपैयाँ देखि २० रुपैयाँसम्मको क्रेडिट लिन सक्छन् ।
मेन ब्यालेन्स सकिएर फोन सम्पर्क गर्न नपाएको अवस्था यो सुविधा उपयोग गर्न सकिन्छ ।
तपाईँको वाईफाई कनेक्सन अरु कसैले चोरेको छ की छैन? यसरी थाहा पाउन सकिन्छ
यो सेवा प्रयोग गरे बापत टेलिकमले ग्राहकसँग अतिरिक्त शुल्क लगाउँदैन । तर अर्कोपटक रिचार्ज गर्दा सापटी बराबरको शूल्क रकम रिचार्जबाट काटिनेछ ।
टेलिकमले सापटी सुविधा आफ्नो सेवा निरन्तर लिने र नेटवर्कमा लगातार जोडिनेको आधारमा सापटी रकम उपलब्ध गराउने गर्दछ । सापटी सिमा बढाउन टेलिकमको सेवा बढि भन्दा बढि प्रयोग गर्नु पर्नेछ।
यो सेवा कम्पनीले जीएसएमस र सिडिएमए दुबै सेवाका प्रयोकर्ताहरुलाई उपलब्ध गराएको छ ।
यो पनि हेर्नुस्-
फिचर फोनहरुमा समेत फोरजी भोल्टेको परीक्षण गर्दै नेपाल टेलिकम
प्रकाशित: २१ पुष २०७७, मंगलवार