सर्भरमा समस्या आएसँगै लाइसेन्सको अनलाइन फर्म भर्न रोकियो

  • Technology Khabar | २० पुष २०७७, सोमबार
सर्भरमा समस्या आएसँगै लाइसेन्सको अनलाइन फर्म भर्न रोकियो

काठमाडौं ।

सवारी चालक अनुमतिपत्र )लाइसेन्स)को अनलाइन फाराम भर्ने अनलाइन सर्भरमा समस्या देखिएसँगै आजको लागि लाइसेन्स फर्म भर्न रोकिएको छ ।

यातायात व्यवस्था विभागले अनलाइन सर्भरमा समस्या देखिएपछि सर्भरको मर्मत कार्यका लागि भन्दै पुस २० गते सोमबार सेवा बन्द गरेको छ।

विभागले एक सूचना प्रकाशित गर्दैं सोमबार सेवा बन्द भएको जानकारी दिएको हो ।

विभागले यहि पुस १४ गते जनवरी १ तारिखदेखि नयाँ लाइसेन्सको आवेदन फर्म भर्ने सुबिधा शुरु गरेको थियो ।

प्रकाशित: २० पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...