नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसनलाई सहयोग

  • Technology Khabar | १९ पुष २०७७, आईतवार

काठमाडौं ।

नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित: १९ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया