
काठमाडौं ।
मोटोरोला निओ फ्ल्यागशिप स्मार्टफोन प्रमाणीकरण साइट गीकबेंचमा देखिएको छ। मोटोरोलाको यो नयाँ स्मार्टफोनको बारेमा जानकारी यस अघि पनि खुलासा भएको थियो।
कम्पनीले भर्खरै मात्र १४ स्मार्टफोनको सूची जारी गरेको थियो जसमा क्वालकम स्न्यापड्रागन ८८८ प्रयोग गर्ने छन्। तर मोटोरोला निओ स्न्यापड्रागन ८८८ को सट्टामा क्वालकम स्न्यापड्रागन ८६५ प्लस एसओसीको साथ स्पट गरिएको छ।
संभवत कम्पनीले मोटोरोला नियोलाई प्रीमियम मूल्य दायरामा लन्च गर्न सक्नेछ। तर अन्य फोनहरु स्न्यापड्रागन ८८८ का साथमा आउने तयारी गरिरहेको बेलामा मोटोरोला नियो भने पुरानो चिपसेटका साथ आउन लागेको छ । यसले गर्दा यो फोन केहि सस्तो मूल्यमा उपलब्ध हुनसक्ने अनुमान गर्न सकिन्छ ।
विभिन्न रिपोर्टहरुकाअनुसार यो फोन ट्रिपल रियर क्यामरा सेटअपको साथ आउन सक्छ। फोनको प्राथमिक सेन्सर ६४ मेगापिक्सेल हुन सक्नेछ। एकै साथ फोनलाई १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र २ एमपीको डेप्थ सेन्सर पनि दिन सकिनेछ । सेल्फीका लागि डुअल क्यामरा सेट अप राखिएको हुनेछ जसमा १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको सेन्सर फ्रन्टमा हुनेछ । फोन १२ जीबी र्याम भेरियन्टमा आउने तथा फास्ट चार्जिंग सुविधा पनि यसमा देख्न सकिन्छ। एजेन्सी
प्रकाशित: १९ पुष २०७७, आईतवार