शुक्रबार हटाईएको टेनसेन्ट गेम्स ह्वावेको एप स्टोरमा अब पुनर्स्थापित

  • Technology Khabar | १९ पुष २०७७, आईतवार
शुक्रबार हटाईएको टेनसेन्ट गेम्स ह्वावेको एप स्टोरमा अब पुनर्स्थापित

काठमाडौं ।

चिनियाँ कम्पनीहरूबिचको राजस्व बाँडफाँड विवादमा टेनसेन्टको अनलाइन खेलहरू ह्वावेको एप स्टोरबाट हटाइए र शुक्रबार एप स्टोरमा पुनःस्थापित गरिएको छ ।

ह्वावेईले एप स्टोरमा टेन्सेन्टको खेल बिक्रीको ५० प्रतिशत कटौती गर्न जोड गरिरहेको थियो र टेन्सेन्ट खेलहरू हटाइएको बताईएको छ।

टेन्सेन्टले आफ्ना केहि शीर्ष स्तरका अनलाइन गेमहरू विश्वव्यापीरुपमा बेच्दछन् भने तथ्यांकहरुकाअनुसार चीनको मोबाइल फोन बजारको ह्वावेसँग ४१.४ प्रतिशत शेयर र विश्वव्यापी बजारको १४.९ प्रतिशत शेयर छ ।

गेम्स थप कुराकानी पछि एप स्टोरमा पुनःस्थापित गरियो, टेनसेन्टले भने, ‘दुबै पक्षले उपभोक्ताहरूलाई अझ राम्रो अनुभव र सेवाहरू ल्याउन सँगै मिलेर काम गर्ने छन।’

यसअघि ह्वावेले आफ्नो एप स्टोरबाट टेनसेन्टका सबै गेमहरु हटाईदिएको थियो ।

ह्वावेले गेम कम्पनीहरुसँग आम्दानी मागेकोमा अन्य कम्पनीहरु समेत रुष्ट रहँदै आएका छन् । एजेन्सी

प्रकाशित: १९ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...