सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

  • Technology Khabar | १८ पुष २०७७, शनिबार
सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन् ।

उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर बताई आईफोन ११ मोबाईल, ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाई दिएको र भन्सार बापत रकम पठाउनु पर्छ भनेर प्रलोभन देखाएका थिए ।

पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक(पटक गरी उक्त रकम जम्मा गर्न लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित: १८ पुष २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...