भिभो वाइ२० को नयाँ भेरियन्ट स्मार्टफोन नेपालमा

  • Technology Khabar | १८ पुष २०७७, शनिबार
भिभो वाइ२० को नयाँ भेरियन्ट स्मार्टफोन नेपालमा

काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाइ२० (Vivo Y20) को नयाँ भेरियन्ट स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ ।

५००० एमएएचको दिर्घकालिन ब्याट्रिको क्षमता रहेको वाइ २० मा एआई ट्रिपल म्याक्रो क्यामरा र म्याक्रो र बोके क्यामरा र सेल्फी फिचरहरु साथै थुप्रै क्यामेरा विशेषताहरु रहेका छन् जसले तपाईको जिन्दगीको पलहरु पर्याप्त विवरण र पूर्णताको साथ कैद गर्न सक्ने कम्पनीको दाबी छ ।

भिभो वाइ २० को मुख्य आकर्षण यसको एआई पावर सेभिङ प्रविधि रहेको लामो टिकाउ ब्याट्रि क्षमता रहेको छ जसबाट रिभर्स चार्जिङ पनि गर्न सकिन्छ । वाइ २० मा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर पनि रहेको छ, यो नयाँ विशेषताले तपाईको फोन एक सेकेण्ड भन्दा पनि कममा अनलक गर्दछ ।

युवापुस्तालाई लक्षित गरिएको भिभोको वाइ सिरिज यसको नवीन प्रविधि र सुरुचिपूर्ण डिजाईनका लागी प्रख्यात छ जसले प्रविधि प्रेमी युवाहरुको दिनहुँ जीवनलाई समर्थन गर्दछ । ग्राहक केन्द्रित डिजाईन र नवीनता प्रति आफ्नो प्रतिबद्धता राख्दै, हालै सुरु गरिएको भिभो वाइ २० हल्का वजन, पातलो र आकर्षक २.५डी कर्भ्ड आकार रहेको एक स्मार्टफोन हो ।‍

युवा प्रयोगकर्ताहरुको दैनिक जीवनशैलीलाई पूर्ण रुप दिन वाइ २० दुई रङहरुमा उपलब्ध छ–ओबसिडियन ब्ल्याक र नेबुला ब्लु ।

वाइ २० मा प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्ने साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले फोन अनलक गर्ने अनुभनलाई थप सहज बनाउँछ । थप सुरक्षाका लागी, प्रयोगकर्ताहरुले फिन्गरप्रिन्ट स्क्यानर र मोडर्न फेस–वेक फिचर प्रयोग गर्न सक्छन् ।

वाइ २० को रियर एआई ट्रिपल क्यामरामा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेल म्याक्रो क्यामरा र २ मेगापिक्सेल बोके फिचर रहेको छ जबाट प्रयोगकर्ताहरुले विभिन्न परिप्रेक्ष्यबाट तस्बिरको गुणस्तरमा सम्झौता नगरी उत्कृष्ट तस्बिरहरु लिन सक्छन् ।

यस स्मार्टफोनमा ६.५ इन्चको हालो डिस्प्लेको साथ आई–प्रोटेक्सन विशेषता पनि रहेको छ । लामो टिकाउ ब्याट्रि र प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै तयार गरिएको स्क्रिनले चलचित्र हेर्ने र हाई डेफिनिसन गेमहरु खेल्ने अनुभवलाई पूर्णता प्रदान गर्छ ।

वाइ २० मा शक्तिशाली क्वालकम स्न्यापड्रागन प्रोसेसरको साथमा ४जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सनका साथमा माइक्रो एसडी कार्डबाट २५६ जीबीसम्म थप गर्ने क्षमता रहेको छ । उक्त फोनमा अल्ट्रा–गेम मोड पनि रहेको छ जसले अविरल र रमाईलो गेमिङ अनुभव सुनिश्चित गर्नको लागी सुविधा प्रदान गर्दछ ।

वाइ २० को सुरुवातमा मार्स भन्छन्, “हाम्रो वाइ सिरिज परिवारलाई थप सुदृढ बनाउन वाइ २० को नयाँ भेरियन्ट स्मार्टफोन भित्राएका छौं । जसमा विभिन्न क्यामरा फिचरहरु, दिर्घायु ब्याट्रि, आकर्षक रङ र अल्ट्रा–गेम मोड रहेको छ जसले प्रयोगकर्ताहरुलाई मध्य दायराको मूल्यमा एक पूर्ण स्मार्टफोन अनुभव दिलाउँछ । वाइ २० लाई प्रयोगकर्ता–मैत्री बनाउने तरिकाले डिजाईन गरिएको छ ।”

उक्त नयाँ भिभो वाइ २० स्मार्टफोनहरु नेपालभरको रिटेल आउटलेटहरुमा २२ हजार ७९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ पुष २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...