काठमाडौं ।
गुगलले नयाँ छोटो भिडियो फिचरको परीक्षण गर्दैछ, जसले गुगल मोबाइल एपमा इन्स्टाग्राम र टिकटकबाट छोटो भिडियोहरू संकलन गर्दछ।
टेकक्रन्च रिपोर्टका अनुसार यो कदमले ती टेक लभरहरुलाई मद्दत पुर्याउँछ जसले छोटो भिडियोको खोजीमा इन्स्टाग्राम र टिकटक जस्ता सोशल मिडिया प्लेटफर्महरू भ्रमण गर्दछ।
गुगलका प्रवक्ताले वेबसाइटमा पुष्टि गरे कि शर्ट भिडियो फिचर मोबाइल डिभाइसहरूमा सञ्चालन भईरहेको छ, यसको अर्थ यो शुरुवाती चरणमा छ र केही प्रयोगकर्ताहरूमा सीमित छ।
यस वर्षको शुरूमा गुगलले यसको सर्च ट्याब भित्र एउटा शर्ट भिडियो क्यारोसेल प्रस्तुत गर्यो र नयाँ शर्ट भिडियो परीक्षणले अघिल्लो फिचरलाई विस्तार गर्दछ।
गुगलको छोटो भिडियो सुविधा पहिले ट्रेल र गुगलको आफ्नै ट्यागी तथा यूट्यूबबाट भिडियोहरू संकलनमा केन्द्रित थियो। यद्यपि नयाँ परीक्षणमा टिकटक र इन्स्टाग्राम भिडियोहरू पनि सामेल छन्। यसलाई पहिलो पटक सर्च इञ्जिन राउण्डटेबलद्वारा देखियो। वेबसाइटले क्यारोसेलको स्क्रीनशट पोस्ट गरेको छ जसमा टिकटकको दुई भिडियोहरू र इन्स्टाग्रामबाट भिडियो थिए।
यसमा चाखलाग्दो कुरा के छ भने, शर्ट भिडियोहरू मध्ये कुनै एउटामा क्लिक गर्दा प्रयोगकर्ता सामाजिक मिडिया प्लेटफर्मको एपमा नभईकन वेब संस्करणमा पुग्दछन् । यदपी प्रयोगकर्ताको उपकरणमा एप इन्स्टल गरिएको छ भने पनि। स्पष्ट रूपमा, गुगलले प्रयोगकर्ताहरूलाई भिडियो सर्च पछि उनीहरूको सर्च रिजल्ट पेजमा फर्काउन चाहन्छ।
प्रकाशित: १६ पुष २०७७, बिहीबार