एलजीले सन् २०२१ को सिईएसमा मिनी एलईडी टिभी सार्वजनिक गर्ने

  • Technology Khabar | १५ पुष २०७७, बुधबार
एलजीले सन् २०२१ को सिईएसमा मिनी एलईडी टिभी सार्वजनिक गर्ने

काठमाडौं ।

एलजीले मिनी एलईडी प्रविधिमा आधारित आफ्नो पहिलो टिभीहरू सुरू गर्ने योजनाको पुष्टि गरेको छ।

नयाँ आविश्कारले टिभीको पछाडि प्यानलमा प्रकाश स्रोतहरूको संख्या बढाउँदै थप ‘डिमिनिंग जोनहरू’ वितरण गर्दछ।

यसले स्क्रीनलाई वरिपरिको अन्धकार क्षेत्रमा प्रकाश नफैलाई उज्यालो विवरणहरू बढाउन मद्दत गर्दछ ।

चिनियाँ ब्रान्ड टीसीएलले २०१९ मा सो प्रविधिमा आधारित पहिलो टिभीहरूको अनावरण गरेको थियो, र सामसङले आफ्नो मोडेलहरू तयार पारिरहेको हल्ला भईरहेको छ।

एलजीले यस वर्षको सीईएसमा कम्तिमा १० वटा फोरके र एटके मिनी एलईडी टेलिभिजनहरू देखाउने प्रतिज्ञा गरेको छ जुन लास भेगासमा सामान्य रूपमा नभई भर्चुअल इभेन्टको रुपमा आयोजित हुनेछ ।

‘उनीहरूको प्रकाश स्रोत, ब्राइटनेस र कन्ट्रास्ट पारम्परिक एलसीडी टेलिभिजनहरू भन्दा उच्च छन्,’ एक प्रेस विज्ञप्तिमा भनिएको छ।

एलजीले  यी नयाँ टिभीहरु क्यूएनईडी माइक्रोएलईडी ब्यानरअन्तरगत बजारीकरण गर्नेछ ।

सामसङपछिको विश्वको दोस्रो ठूलो टिभी ब्राण्ड एलजीकाअनुसार यसको ८६ इन्चको एउटा स्क्रीनमा ३० हजार वटा साना साना एलईडीहरु हुनेछन् । बीबीसी

प्रकाशित: १५ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार