सामाजिक सञ्जालको माध्यमबाट करिब ४२ लाख रुपैयाँ ठगीको अभियोगमा दुई जना पक्राउ

  • Technology Khabar | १५ पुष २०७७, बुधबार
सामाजिक सञ्जालको माध्यमबाट करिब ४२ लाख रुपैयाँ ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल ह्वाट्सएप र फेसबुकको माध्यमबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका-३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

उनीहरुले फेसबुक र ह्वाट्सएपमा फेक आइडी मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको आरोप रहेको छ ।

घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित: १५ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार