
काठमाडौं ।
रियलमी वाच एस प्रो पहिलो पटक भारतीय बजारबाट बिक्री शुरु गरेको छ। २९ डिसेम्बर (बुधबार) देखि रियलमी वाच एस प्रो भारतमा बिक्रीका लागि खुल्ला गरिएको हो ।
केहि समय अघि मात्र रियलमीले आफ्नो वाच एस सिरिज सार्वजनिक गरेको थियो । नयाँ रियलमी वाचमा अपग्रेडेड फिचर देख्न सकिन्छ । यो वाचमा सर्कुलर डिजाइन हार्ट रेट मोनिटरिङ, ब्लड अक्सिजन सेन्सर, जीपीएस र स्लिप मोनिटरिङ लगायतका फिचर छन् । भारतमा रियलमी वाच एस प्रोको मूल्य ९ हजार ९९९ भारु (१६ हजार रुपैयाँ) तोकिएको छ । बुधबारदेखि रियलमी वाच एस प्रो बिक्रीका लागि फ्लिपकार्ट र रियलमीको आधिकारीक वेबसाइटमा राखिएको छ । रियलमी वाच चार कलरमा उपलब्ध छ । ब्लू, ब्ल्याक, ग्रिन र ओरेन्जमा खरिद गर्न सकिन्छ ।
यो वाचमा ४५० एनआईटीएस ब्राइटनेस र २.५ डी कोर्निङ गोरिल्ला ग्लास प्रोेटेक्सनका साथ १.३९ इन्च (४५४ वाई ४५४) सर्कुलर एमोलेड डिस्प्ले दिइएको छ ।
साथै एडभानस अलवेज अन डिस्प्ले अटो ब्राइटनेस सर्पोट गर्छ । वाटरप्रुफिङका लागि वाचले आईपी६८ सर्टिफिकेट प्राप्त गरेको छ । यो वाच ५ मिटर गहिराई र ५ एटीएम प्रेसर थेग्न सक्छ ।
नेपालमा पनि रिलयमी फोनहरु बिक्री हुनेगरे पनि यसका अन्य उत्पादनहरु भने उपलब्ध रहेका छैनन् । त्यसैले यो डिभाइस नेपालमा उपलब्ध हुन्छ वा हुँदैन भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: १४ पुष २०७७, मंगलवार