प्रभु बैंकले कर्पोरेट पे सुरु गर्दै, नेपाल क्लियरिङ हाउससँग सम्झौता

  • Technology Khabar | १४ पुष २०७७, मंगलवार
प्रभु बैंकले कर्पोरेट पे सुरु गर्दै, नेपाल क्लियरिङ हाउससँग सम्झौता

काठमाडौं ।

प्रभु बैंकले आफ्नो संस्थागत ग्राहकका लागि कर्पोरेट पे सुरु गर्ने भएको छ। कर्पोरेट पे संचालनका लागि बैंकले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत रश्मी पन्त र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।

बैंकका अनुसार डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगइ आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट,सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाट सजिलै गर्न सक्नेछन्।

यो प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल-आइपिएसमा रियल टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबार गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: १४ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १४ पुष २०७७, मंगलवार