
काठमाडौं ।
भारतमा स्टार्टअपको आम्दानी घटेको छ । सन् २०२० मा भारतीय स्टार्टअपले ९.३ विलियन अमेरिकी डलर बराबरको कारोबार गरेको छ।
टेकक्रन्चको रिपोर्टअनुसार सन् २०१९ मा १४.५ विलियन अमेरिकी डलर बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा यो वर्ष ५.२ विलियन अमेरिकी डलरले कारोबार घटेको हो ।
सन् २०१६ पछि भारतका स्टार्टअपले पहिलो पटक १० विलियन अमेरिकी डलरभन्दा कमको कारोबार गरेका हुन् । कोभिड–१९ को प्रकोपका कारण भारतमा स्टार्टअपको व्यापार घटेको हो ।
पहिलो अर्ध वार्षिकको तुलनामा दोस्रो अर्ध वार्षिकमा बजार भने केहि बढेको छ । पहिलो अर्ध वार्षिकमा ४.२ विलियन अमेरिकी डलरको कारोबार भएको थियो भने दोस्रो अर्ध वार्षिकमा ५.१ विलियन अमेरिकी डलरको कारोबार भएको छ ।
प्रकाशित: १३ पुष २०७७, सोमबार