
काठमाडौं ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लागि मंगलबारदेखि अनलाइन फाराम खुल्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १४ देखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए।
सरकारको गत चैतमा लकडाउन गर्ने निर्णयपछि चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो । त्यससँगै सवारी चालकको लाइसेन्स लिनका लागि लाखौं मानिसहरु बन्चित भएका थिए ।
यदि तपाईँपनि सवारी चालकको लाइसेन्सका लागि अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ ।
प्रकाशित: १२ पुष २०७७, आईतवार