
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी यूमिडीगीको नयाँ स्मार्टफोन ए९ इन्फ्रारेड टेम्पेरेचर मेजरमेन्ट फिचरसहित सार्वजनिक हुने भएको छ ।
यो विश्वकै पहिलो इन्फ्रारेड टेम्पेरेचर मेजरमेन्ट फिचर भएको एन्ड्रोइड ११ मा आधारित स्मार्टफोन हो । यूमिडीगी ए९ मा ६.५३ इन्चको स्क्रिन छ ।
मिडियाटेक हेलियो जी२५ प्रोसेसर युक्त स्मार्टफोनमा ५,१५० एमएएचको ब्याट्री छ ।
यो स्मार्टफोन सन् २०२१ को जनवरी १ गतेदेखि बिक्रीका लागि खुल्ला गरिनेछ । यसको मूल्य ९९.९९ अमेरिकी डलर तोकिएको छ ।
यसको फिचरमार्फत अहिलेको समयमा कोभिड-१९ को महामारीको बेलामा फोनबाटै ज्वरो नाप्न सकिनेछ । एजेन्सी
प्रकाशित: १२ पुष २०७७, आईतवार