सिजीले ल्यायो जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने एसीहरु

  • Technology Khabar | ११ पुष २०७७, शनिबार
सिजीले ल्यायो जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने एसीहरु

काठमाडौं ।

सिजीका तीन प्रकारका एसीहरु नेपाली बजारमा ल्याएको छ ।

नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने एसीहरु बजारमा ल्याएको छ।

सिजी ब्रान्डका इन्भर्टर एसीहरु सस्तो मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

जसअन्तर्गत इन्भर्टर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउन्ट, स्प्लिट टाइप एसी र सिलिङ क्यासेट टाइप एसी छन्। कम्पनीले ल्याएको एसीहरु ०.७५ टन देखि ३.० टन सम्मका रहेको जानकारी दिएको छ।

यी एसीहरुमा ५ वर्षको वारेन्टी दिइएको छ। काठमाडौं क्षेत्रमा २४ घण्टा भित्र नै एसी जडान गरिदिने व्यवस्था रहेको छ।

सिजीले सबै ग्राहकका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ। जसको उद्देश्य विद्युतमा बचत गराउनु रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ११ पुष २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...