Technology Khabar १० पुष २०७७, शुक्रबार
काठमाडौं ।
टिकटकले बेलायतमा ठूलो घाटा ब्यहोरेको छ । टिकटकले बेलायतमा ११९ मिलियन अमेरिकी डलर घाटा ब्यहोरेको हो ।
विज्ञापन तथा बजारीकरणमा ठूलो धनराशी खर्च गर्नुका बाबजुद पनि टिकटकले बेलायतमा घाटाको सामना गर्नु परेको छ । हालसम्म टिकटकको मूख्य कम्पनी बाइटडान्सले आधिकारीक रुपमा विश्वभरको आम्दानीको डाटा सार्वजनिक गरेको छैन्।
सन् २०१९ सम्म टिकटकको बेलायतमा २० मिलियन अमेरिकी डलर बराबरको कारोबार थियो । त्यसमा ब्यापार र बजारीकरणको खर्च १०९ मिलियन अमेरिकी डलर छ । विश्वभर सन् २०१९ मा बाइटडान्सको आम्दानी १७ बिलियन अमेरिकी डलर रहेको थियो । त्यसमा कम्पनीको खुद नाफा ३ बिलियन अमेरिकी डलर थियो ।
स्टार्टअप ट्रयाकिङ एजेन्सी सीबी इन्साइटको डाटाअनुसार बाइटडान्सको मूल्यांकन १४० बिलियन अमेरिकी डलर छ । विगत केहि वर्षदेखि टिकटक विश्वकै चर्चित एपको रुपमा उदाइरहेको छ । यो युवाहरुका माझ निकै लोकप्रिय छ ।
सन् २०१८ को अन्यसम्म बेलायतमा टिकटकका केहि कर्मचारी मात्र थिए । तर केहि वर्ष यता टिकटकले सयौंका संख्यामा प्रतिद्धन्दी सामाजिक सञ्चालहरुबाट कर्मचारी भर्ती गरेर खर्च बढाइरहेको छ। लण्डनलाई कम्पनीले अन्तर्राष्ट्रिय केन्द्रको रुपमा बिस्तार गरिरहेको छ।
बेलायत र यूरोपमा टिकटकका प्रयोगकर्ता १०० मिलियनभन्दा धेरै छन् । बेलायतमा गरेको लगानीका कारण यो सम्भव भएको टिकटकको दाबी छ।
टिकटक विश्वभर लोकप्रिय हुनुका साथै यसले कयौं चुनौतीहरु सामना गरिरहेको छ । यो एप अझैपनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा रहेको छ । एजेन्सी
प्रकाशित: १० पुष २०७७, शुक्रबार