ट्विटरमा ह्याशट्याग कसरी सुरू भयो ? यसको शुरुवात र प्रसारको बारेमा जान्नुहोस रोचक कथा

  • Technology Khabar | १० पुष २०७७, शुक्रबार
ट्विटरमा ह्याशट्याग कसरी सुरू भयो ? यसको शुरुवात र प्रसारको बारेमा जान्नुहोस रोचक कथा

काठमाडौं ।

माइक्रो ब्लगिङ्ग वेबसाइट ट्विटर अहिले सबैभन्दा विश्वासिलो सामाजिक मिडिया प्लेटफर्म हो। यस प्लेटफर्ममा, विश्वका सबैभन्दा ठूला सेलिब्रिटीहरुको समेत एकाउन्ट रहेको छ। कसैले आफ्नो कुरा यहाँ अत्यन्त ध्यान दिएर राख्छ र एकै क्षणमा यो सम्पूर्ण विश्वमा भाइरल हुन्छ।

के तपाईलाई थाहा छ कि कसरी माइक्रो ब्लगिंग वेबसाइट ट्विटरमा राखिएको पोस्ट भाइरल हुने गर्दछ । यदि थाहा छैन भनेपनि चिन्ता लिनु पर्दैन। किनकि हामी तपाईँलाई यसको पछाडिको रोचक कथा भन्न गइरहेका छौं ।

ह्याशट्यागद्धारा हुन्छन् मेसेजहरू भाइरल
जब तपाईँले कुनै भाइरल ट्वीट देख्नुभएको छ भने त्यसमा तपाईँले सो मेसेजको अगाडि ह्याशट्याग (#) देख्नुभएको होला। यस ह्याशट्यागको कारणले माइक्रो ब्लगिङ वेबसाइटमा भएको कुनै पनि सन्देश भाइरल हुन्छ। किनकि ट्विटरले तपाईँको मेसेजको ह्याशट्यागलाई वेबसाइटमा लिंक गरेको हुन्छ । त्यसले गर्दा ट्विटरमा उसलाई फेला पार्न सजिलो हुन्छ। जब कुनै प्रयोगकर्ताले ह्याशट्याग प्रयोग गरेर केहि पत्ता लगाउँदछ, त्यस विषयमा गरिएका सबै ट्वीटहरू स्वचालित रूपमा उसको स्क्रिनमा देखा पर्दछ।

ट्विटरका संस्थापक बिज स्टोनकाअनुसार, ट्विटर शुरू भएको झन्डै एक बर्ष पछि, क्रिस मेसिना नाम गरेको व्यक्ति उनको अफिसमा आएका थिए। उनले त्यसबेला संस्थापक स्टोन र अन्य ट्विटर कर्मचारीहरुलाई सल्लाह दिए कि, जब तपाईँ ट्वीट गर्नुहुन्छ, पाउन्ड वा ह्यास क्यारेक्टरलाई प्रयोग गर्नुहोस्।

बिज स्टोनका अनुसार, त्यस समयमा उनी ट्विटरको कुनै प्राविधिक समस्या समाधान गर्दै थिए।

‘त्यसैले मैले क्रिसलाई उनको सुझावको लागि धन्यवाद दिएँ र हामी उनलाई यसमा काम गर्ने आश्वासन दिएँ। यस पछि पनि क्रिस मेसिनाले फेरि हामीलाई प्रस्ताव गरे,’ उनले भनेका थिए ।

त्यसपछि २००७ अगस्ट २३ मा उनले पहिलो पटक ह्यासट्याग प्रयोग गरेर ट्वीट गरे। उसको ट्वीट लोकप्रिय हुन थाल्यो र त्यसपछि ह्याशट्यागलाई ट्विटरमा हाइपरलिंक गरेर सबैको लागि सजिलो बनाईयो।

प्रति दिन आजभोली ट्विटरमा दैनिक १२ करोड भन्दा बढी ह्यासट्याग प्रयोग गरिन्छ। जसले प्रयोगकर्ताहरूलाई ट्वीटरमा सामाग्री खोजी गर्न मद्दत गर्दछ। यसको बारेमा क्रिस मेसिनाले कहिल्यै आफ्नो तर्फबाट यो खोजको लागि दावी गरेनन न त त्यसबाट कहिल्यै पैसा कमाउने कोसिस गरे। एजेन्सीका साथ

प्रकाशित: १० पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार