एकाधिकार गरेको आरोपमा चीनद्वारा अलीबाबा माथि अनुसन्धान

  • Technology Khabar | १० पुष २०७७, शुक्रबार
एकाधिकार गरेको आरोपमा चीनद्वारा अलीबाबा माथि अनुसन्धान

काठमाडौं ।

चिनियाँ टेक बादशाह अलिबाबा माथि एकाधिकारवादी अभ्यास गरेको आरोपमा चीन सरकारले अनुसन्धान सुरु गरेको छ।

चीनको राज्य प्रशासन बजार नियामक (एसएएमआर)ले बिहीबार एकाधिकारको आरोपमा अलीबाबा माथि अनुसन्धान भइरहेको जानकारी दिएको हो।

अलिबाबाले व्यापारीहरुलाई अन्य प्रतिस्पर्धी प्लेटफर्ममा उत्पादन बेच्न रोक लगाउने गरी सम्झौता गर्न बाध्य पारेको थियो । नियामकले यस्तो हर्कत नगर्न यसअघि नै अलिबाबालाई चेनावनी जारी गरेको थियो । तर पनि अलिबाबाले आफ्नो व्यहारमा सुधार ल्याएको थिएन्। यस विषयमा चिनियाँ वित्तीय नियामकले आगामी दिनमा अलिबाबाको वित्तीय टेक्नोलोजी कम्पनी एन्ट ग्रुपसँग छलफल गर्नेछ।

चिनियाँ नियामकले अलिबाबाको एकाधिकारवादी व्यवहारमा केन्द्रित भएर अनुसन्धान गर्न लागिरहेको छ । अलिबाबाले व्यापारीहरुलाई आफ्नो प्लाटफर्ममा मात्र उत्पादन बिक्री गर्न बाध्य पारेको छ । अलिबाबाको यस्तो व्यवहारले खुल्ला बजार विरुद्धको रणनीतिको रुपमा हेरिएको छ।

बजारमा एकाधिकार कायम गर्न ब्यापारीसँग अन्य प्लेटर्फममा उत्पादन बिक्री नगर्ने सम्झौतामा हस्ताक्षर गर्न अलिबाबाले दबाब दिइरहेको छ ।

पछिल्लो समय अलिबाबा र टेन्सेन्ट लगायत प्रविधि कम्पनी माथि चिनियाँ सरकारले चासो बढाएको छ । चीन सरकार उनीहरुको बढ्दो बजार र शक्तिबाट चिन्तित छ । चीनमा धेरै जस्तो भुक्तानी र कारोबार अलिबाबाको प्लेटफर्मबाट हुने गर्छ ।

अलिबाबाको एकाधिकारवादी प्रवृतिका कारण भुक्तानी र किनमेल नै प्रभावित हुने हो कि भन्ने चिनियाँ सरकार प्रमुख चिन्ता छ । एजेन्सी

प्रकाशित: १० पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • १० पुष २०७७, शुक्रबार