गुगल र माइक्रोसफ्टलाई चुनौती दिँदै भिडियो कन्फ्रेन्सिङ्ग एप जुम, आफ्नै ईमेल सेवा शुरु गर्दै

  • Technology Khabar | ९ पुष २०७७, बिहीबार
गुगल र माइक्रोसफ्टलाई चुनौती दिँदै भिडियो कन्फ्रेन्सिङ्ग एप जुम, आफ्नै ईमेल सेवा शुरु गर्दै

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग एप जुमले टेक्नोलोजीका बादशाह माइक्रोसफ्ट र गुगलसँग प्रतिस्पर्धा गर्ने भएको छ । कोरोना महामारीको समयमा सार्वजनिक भएको भिडियो कलिङ एप जुम प्रयोगकर्ताबीच लोकप्रिय छ ।

जुमले आफ्नो सेवालाई अझै फराकिलो बनाउन लागेको हो। यसका लागि जुमले इमेल सर्भिस विकास गर्ने योजना अघि बढाएको छ । यो इमेल अर्को वर्षदेखि बजारमा आउनेछ । साथै कम्पनीले क्यालेन्डर एप पनि विकास गर्न खोजिरहेको छ।

रिर्पोटकाअनुसार जुम भिडियो भिडियो कन्फ्रेन्सिङ्ग कम्पनीले एक वेब इमेल सेवा विकास गरिरहेको छ । कम्पनीले अर्को वर्षदेखि सिमित ग्राहकलाई इमेल सेवाको प्रारम्भिक भर्सन दिनेछ। उक्त रिर्पोटअनुसार कम्पनी क्यालेन्डर एप पनि बनाउने तयारीमा जुटेको छ।

कम्पनीका लागि सन् २०२० फलदायी रह्यो । कोरोना महामारीमा जुम एप कम्पनी तथा संघ/संस्थाको लागि बरदानकै रुपमा उदाएको थियो । मिटिङ, कन्फरेन्स, अध्ययन अध्यापनका लागि यो एपको प्रयोग बढ्दो छ।

यसै वर्ष कम्पनीको सेयर पनि ५०० प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२० को तेस्रो त्रैमासिकमा ७७७.२ मिलियन अमेरिकी डलर बराबरको कारोबार गर्न सफल भएको छ । आफ्नो बढ्दो साम्राज्यलाई सहयोग पुर्याउन कम्पनीले इमेल सर्भिस ल्याउन लागेको हो। एजेन्सी

प्रकाशित: ९ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...