सोनालिकाको पहिलो ईलेक्ट्रिक ट्रयाक्टर सार्वजनिक, मूल्य ५ लाख ९९ हजार भारु

  • Technology Khabar | ९ पुष २०७७, बिहीबार
सोनालिकाको पहिलो ईलेक्ट्रिक ट्रयाक्टर सार्वजनिक, मूल्य ५ लाख ९९ हजार भारु

काठमाडौं ।

सोनालिकाले भारतमा पहिलो ईलेक्ट्रिक ट्रयाक्टर सार्वजनिक गरेको छ। सोनालिकाको नयाँ ईलेक्ट्रिक ट्रयाक्टरको नाम रहेको छ, टाइगर ईलेक्ट्रिक । सोनालिकाको आफ्नै प्लेटफर्ममा इलेक्ट्रिक ट्याक्टर निर्माण गरिएको हो।

यो ईभी ट्याक्टरमा २५.५ किलोवाटको आईपी६५ प्रोटेक्सन पावरट्रेन छ । नेचुलर कूलिङ र कम्प्याक्ट ब्याट्री दिइएको छ । रेलुलर होम सर्किटबाट १० घण्टा र फास्ट चार्जरबाट केबल ४ घण्टामै ट्रयाक्टरलाई फुल चार्ज गर्न सकिन्छ । रातको समयमा चार्ज गरे दिनभर ट्याक्टर चलाउन सकिन्छ।

जर्मनीमा तयार गरिएको ई–ट्रयाक ईलेक्ट्रिक मोटरले जिरो आरपीएमा पनि हाई पिक टर्क प्रदान गर्छ। खेतीका लागि यो ट्रयाक्टर उपयुक्त भएको सोनालिकाको दाबी छ।

डिजेल ट्याक्टरको तुलनामा यसको रनिङ कस्ट एक चौथाई मात्र छ । यो ट्रयाक्टरको उच्च स्पिड २४.९३ किमी प्रति घण्टा छ। फुलचार्जमा यो ट्रयाक्टर ८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ।

भारतमा सोनालिका ईलेक्ट्रिक ट्रयाक्टरको प्रि बुकिङ खुल्ला गरिएको छ । यसको मूल्य ५ लाख ९९ हजार भारु तोकिएको छ।

ईलेक्ट्रिक सवारीको तुलनामा यसको मूल्य किफायती नै मान्न सकिन्छ। सञ्चालन लागत पनि कम पर्ने भएकाले यो ट्रयाक्टर किसानका माझ छिट्टै लोकप्रिय हुने कम्पनीको विश्वास छ।

प्रकाशित: ९ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...