ताजा समाचार

फेसबुकले आगामी वर्ष थप सेक्यूरिटी फिचर ल्याउँदै, हार्डवेयर सेक्यूरिटी की किन्नुपर्ने

फेसबुकले आगामी वर्ष थप सेक्यूरिटी फिचर ल्याउँदै, हार्डवेयर सेक्यूरिटी की किन्नुपर्ने
Global IME Bank

सोशल मिडिया प्लेटफर्म फेसबुक थप सुरक्षित हुने भएको छ । फेसबुक मोबाइल एप प्रयोगकर्ताले अब ‘फिजिकल सेक्यूरिटी की’ को माध्यमबाट आइडी भेरिफाइ गरेर लगइन गर्नसक्ने फेसबुकले मंगलबार जानकारी दिएको छ।

फेसबुक प्रयोगकर्ताले यो सुविधा आगामी वर्षदेखि उपयोग गर्न पाउनेछन् ।

हालका लागि डेक्सटप प्रयोगकर्ताले भौतिक पहिचान खुलाएर फेसबुक लगइन गर्न सक्ने अप्सन कम्पनीले दिएको छ ।

यसका लागि हार्डवेयर सेक्यूरेटीको आवश्यकता पर्छ । उक्त सुविधा उपयोग गर्नका लागि प्रयोगकर्ताले फेसबुकले तोकेको आधिकारीक वितरकबाट हार्डवेयर किन्नु पर्ने हुन्छ र सो हार्डवेयर किनेर फेसबुकमा दर्ता गर्नुपर्छ ।

उच्च ओहदाका व्यक्तिका फेसबुक एकाउन्टको सुरक्षाका लागि फेसबुकले नयाँ योजना अघि सारेको हो । कम्पनीले फेसबुक प्रोटेक्ट योजनामा विश्वभरका उच्च ओहदाका व्यक्ति र चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई सुरक्षा गर्नेछ।

सन् २०२० को जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वभर हाइप्रोफाइल व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक भएको थियो ।

निकट भविष्यमा फेसबुकले पनि त्यस्तो समस्या भोग्न सक्ने खतरा रहन्छ । त्यसबाट बच्न फेसबुकले अहिलेदेखि नै सुरक्षाका लागि काम सुरु गरेको हो ।

अहिले नै फेसबुक प्रोटेक्सन अन्तरगत अमेरिकामा उच्च सरकारी अधिकारी राजनीतिज्ञ निर्वाचन अधिकारीहरुको एकाउन्टलाई अतिरिक्त सुरक्षा दिन थालिसकेको छ भने रियल टाइम मनिटरिङ्ग समेत गरिरहेको छ । रोयटर्स

Sajilo Visa
easy care