शाओमीको एमआई १० आई स्मार्टफोन सार्वजनिक हुँदै, १०८ मेगापिक्सेल क्यामरा राखिने

  • Technology Khabar | ९ पुष २०७७, बिहीबार
शाओमीको एमआई १० आई स्मार्टफोन सार्वजनिक हुँदै, १०८ मेगापिक्सेल क्यामरा राखिने

काठमाडौं ।

शाओमीले आफ्नो नयाँ स्मार्टफोन एमआई १० आई लाई जनवरीमा भारतमा सार्वजनिक गर्ने तयारी गरिएको छ । कम्पनीले सोसल मिडियामा हालै एक भिडियो टिजर सार्वजनिक गरेको थियो । टिजरमा स्पष्ट रुपमा स्मार्टफोनको नामको बारेमा भने जानकारी दिइएको छैन ।

नयाँ स्मार्टफोनमा १०८ मेगापिक्सेल मेन सेन्सर क्वाड–क्यामरा सेटअपका साथ उपलब्ध हुनेछ । रिपोर्टका अनुसार स्मार्टफोनको नाम एमआई १० आई हुनेछ ।

यो फोन नोट ९ प्रो ५जीको रिब्राण्ड भर्सनको रुपमा सार्वजनिक गरिने सम्भावना छ । नोट प्रोलाई भर्खरै चीनमा १०८ मेगापिक्सलको मुख्य क्यामरासाथ सार्वजनिक गरिएको थियो । चीनको ५जी मोडल भारतमा सार्वजनिक गरिएको रेडमी नोट ९ प्रो मोडलभन्दा फरक हुनेछ।

एमआई १०आईको मोडल नम्बर एम२००७जे१७आई हालै गीकबेन्चमा देखिएको थियो। गीकबेन्चमा शाओमी फोन ८ जीबी र्याम र अक्टाकोर प्रोसेसरका साथ सूचिकृत गरिएको छ ।

यो फोनमा १२० गीगाहर्ज रिफ्रेस रेटसँगै ६.६७ फुल एचडी (२४०० वाई १०८० पिक्सल) डिस्प्ले दिने सम्भावना छ ।

१०८ मेगापिक्सलको मुख्य सेन्सरको अतिरिक्त, क्वाड क्यामरा सेटअपमा ८मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स, र २ मेगापिक्सलको डेप्थ सेन्सर समावेश हुने अपेक्षा गरिएको छ। सेल्फीका लागि भने फ्रन्टमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा हुने आशा गरिएको छ।

शाओमीकोयो फोनमा ४,८२० एमएएच ब्याट्री हुनसक्नेछ भने यो ३३ वाटको फास्ट चार्जिंग सपोर्टको साथ आउनेछ ।एजेन्सी

प्रकाशित: ९ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...