भारतीय ब्राण्ड लाभाले महिलाका लागि ल्यायो विशेष फोन, प्री-लोडेड सेफ्टी एप्स उपलब्ध

  • Technology Khabar | ८ पुष २०७७, बुधबार
भारतीय ब्राण्ड लाभाले महिलाका लागि ल्यायो विशेष फोन, प्री-लोडेड सेफ्टी एप्स उपलब्ध

काठमाडौं ।

भारतीय स्मार्टफोन उत्पादक लाभा बजारमा पुन आएको छ। लाभाले बीयू (BeU) बजेट स्मार्टफोन बजारमा ल्याएको छ। यो फोन महिलाका लागि तयार गरिएको हो।

कम्पनीका अनुसार फोनमा क्रिस्टल–स्टड डेकोरेसन र फ्लोरल स्पिकर म्यास दिइएको छ । फोनमा कयौं प्री-लोडेड सेफ्टी एप्स पनि दिइएको छ।

लाभाको नयाँ स्मार्टफोनमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज छ । यसको मूल्य ६ हजार ८८८ भारु (करिब ११ हजार २० रुपैयाँ) तोकिएको छ । कम्पनीले यो स्मार्टफोनलाई आफ्नो आधिकारीक वेबसाइटमा राखेको छ।

फोन गुलावी पिंक कलरमा उपलब्ध छ । बीयू लाभा स्मार्टफोनले डुअल–सिम सर्पोट गर्छ । यो फोनले एन्ड्रोइड १० गो ओएसमा आधारित छ । फोनमा ६.०८ इन्च एचडीप्लस (७२०x१,५६० पिक्सल) वाटरड्रप नोच डिस्प्ले दिइएको छ।

स्क्रिनमा २.५ डी ग्लास दिइएको छ । फोनमा १.६ गीगाहर्ज अक्टा कोर प्रोसेसर छ । एसडी कार्डको मद्दतले यसको स्टोरेज २५६ जीबीसम्म बढाउन सकिन्छ । फोनमा डुअल–रियर क्यामरा सेटअप छ । जसमा १३ मेगापिक्सेल एफ/१.८५ प्राइमरी लेन्स दिइएको छ।

सेकेन्डरी लेन्स २ मेगापिक्सेलको छ । सेल्फीका लागि ८ मेगापिक्सेल एफ/२.२ लेन्स दिइएको छ । फोनमा ४,०६० एमएएचको लिथियम पोलिमर ब्याट्री छ। कम्पनीले यो फोनले सि‌गल चार्जमा १६ घण्टासम्म चल्ने दाबी  गरेको छ । एजेन्सी

प्रकाशित: ८ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार