शाओमीको नयाँ फ्ल्यागशिप फोन ‘शाओमी एमआई ११’ यहि डिसेम्बर २८ मा आउने

  • Technology Khabar | ८ पुष २०७७, बुधबार
शाओमीको नयाँ फ्ल्यागशिप फोन ‘शाओमी एमआई ११’ यहि डिसेम्बर २८ मा आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले भर्खरको क्वालकम फ्ल्यागशिप चिपसेटको साथ फ्ल्यागशिप स्मार्टफोन प्रक्षेपण गर्ने पहिलो कम्पनी हुने बताएको छ र कम्पनीले यहि डिसेम्बर २८ मा नै नयाँ फोन लन्च गर्दैछ ।

शाओमीको नयाँ फोन सबैभन्दा पहिले चीनमा अनावरण हुनेछ र “धेरै अविश्वसनीय हुनेछ ब्रेकथ्रुहरू हुने अपेक्षा गरिएको छ भने कम्पनीले पनि यसलाई  वेबोमा राखेको पोस्टको आधारमा त्यसैगरि व्याख्या गरिएकोछ ।

शाओमी एमआई ११ दुई भेरियन्टमा आउने अपेक्षा गरिएको छ। सबैको लागि एक भेनिला कलर अप्सनमा हुनेछ र सस्तो फ्ल्यागशिपको रुपमा आउनेछ । त्यसैगरि प्रो भर्सनमा भने भर्खरको टेक्नोलोजी उपलब्ध हुनेछ।

फोनमा क्यूएचडी प्लस डिस्प्लेका साथ १२० हर्ज रिफ्रेस रेटको साथ हुनेछ ।, प्रो भर्सनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र १२ एमपीको टेलिफोटो मोड्युल हुनेछ । एजेन्सी

प्रकाशित: ८ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...