Technology Khabar ७ पुष २०७७, मंगलवार
काठमाडौं ।
स्मार्टफोन उत्पादक नोकिया होम अप्लाइन्सको बजारमा प्रवेश गरेको छ । नोकियाले हालै भारतमा एयर कन्डिसन (एसी) सार्वजनिक गरेको छ । नयाँ एसी ल्याएसँगै नोकिया होम अप्लाइन्सको बजारमा आधिकारीकरुपमा भित्रिएको हो ।
नोकियाको एसी स्मार्टफोनबाट नै कन्ट्रोल गर्न सकिन्छ । कम्पनीका अनुसार यो एसी पूर्ण रुपमा भारतमा तयार गरिएको हो । यसको इन्जिनियरिङ र डिजाइन भारतमै गरिएको हो । एसी दिर्घकालिन होस भन्नका लागि कम्पनीले विशेष ध्यान पुर्याएको छ ।
नोकियाको एसीमा एन्ट्री कोरेसिव टेक्नोलोजीको प्रयोग गरिएको छ । भारतीय ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै एन्ट्री कोरेसिव टेक्नोलोजी राखिएको नोकियाको दाबी छ ।
एसीमा उपलब्ध स्मार्ट टेक्नोलोजीको प्रयोगबाट क्लाइमेट कन्डिसनको मोनिटरिङ गर्न सकिनुका साथै कोठा भित्र शुद्ध हावाको प्रवाह गर्न सकिन्छ । यो एसी ऊर्जा मैत्री भएको नोकियाको दाबी छ ।
एसीमा इन्भर्टर मोड दिइएको छ । स्मार्ट क्लाइमेट कन्ट्रोलका लागि इटिलिजेन्स मोशन सेन्सर्स फिचर दिइएको छ । नोकियाको एसी स्मार्टफोनबाट प्रयोग गर्न सकिन्छ ।
स्मार्टफोनबाटै फिल्टर क्लिन रिमाइन्डर, कस्टमाइज यूजर प्रोफाइल र स्मार्ट डायग्नोसिस पनि गर्न सकिन्छ।
भारतीय बजारमा यसको मूल्य ३०,९९९ भारु तोकिएको छ । भारतीय बजारमा नै कम्पनीले स्मार्ट टिभी र ल्यापटप सार्वजनिक गरिसकेको छ । एजेन्सी
प्रकाशित: ७ पुष २०७७, मंगलवार