
काठमाडौं ।
नेपालमा मोबाइल बैंकिङको प्रयोग तथा कारोबार उल्लेख मात्रामा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको डाटा अनुसार मोबाइल बैंकिङको प्रयोग तथा कारोबार घटेको हो ।
असोज महिनाको तुलनामा कातिक महिनामा मोबाइल बैंकिङको कारोबार तथा प्रयोग घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको डाटामा उल्लेख छ ।
२०७७ असोजमा ७८ लाख ५० हजार १५४ पटक मोबाइल बैंकिङको प्रयोग भएको थियो भने, २०७७ कातिकमा ७६ लाख ४३ हजार २९६ पटक मोबाइल बैंकिङ कारोबार भएको तथ्यांकमा देखिएको छ । एक महिनाको अवधिमा नै कारोबार संख्याको आधारमा मोबाइल बैंकिङको प्रयोग दुई लाख ६ हजार ८५८ ले घटेको छ ।
यस्तै कारोबार रकम तीन अर्ब १५ करोड रुपैयाँले घटेको छ । असोज महिनामा २८ अर्ब ८० करोड चार लाख रुपैयाँको कारोबार मोबाइल बैंकिङमार्फत कारोबार भएकोमा कातिकमा भने सो रकम घटेर २५ अर्ब ६५ करोड चार लाख रुपैयाँमा झरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
प्रकाशित: ६ पुष २०७७, सोमबार