
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङको कारोबार तथा प्रयोग पछिल्लो महिनामा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट बैंकिङको कारोबार तथा प्रयोग घटेको देखिएको हो ।
असोज महिनाको तुलनामा कातिक महिनामा इन्टरनेट बैंकिङको कारोबार तथा प्रयोग घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको डाटामा उल्लेख छ ।
२०७७ असोजमामा दुई लाख ७५ हजार ९३३ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । तर २०७७ कातिकमा भने साे संख्यामा कमी आएको देखिएको छ ।
कात्तिक महिनामा त्यस्तो कारोबार घट्दै दुई लाख २१ हजार ४०५ पटक मात्र इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । कारोबार संख्यामा कमी आएसँगै इन्टरनेट बैंकिङको कारोबार रकम पनि घटेको छ ।
२०७७ असोजमा ६ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा कातिकमा पाँच अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको इन्टरनेट बैंकिङ कारोबार भएको छ।
कारोबार रकमको आधारमा हेर्दा असोज र कात्तिकको बिचमा ८७ करोड ८० लाख रुपैयाँले कारोबार रकममा कमी देखिएको छ ।
प्रकाशित: ६ पुष २०७७, सोमबार