Technology Khabar ६ पुष २०७७, सोमबार
काठमाडौं ।
एलजीले रोलेबल डिस्प्ले युक्त स्मार्टफोन ल्याउने भएको छ । रिर्पोटका अनुसार एलजीको रोलेबल डिस्प्लेको स्मार्टफोन सन् २०२१ को जुनदेखि बजारमा उपलब्ध हुनेछ ।
एलजीको रोलेबल डिस्प्ले युक्त स्मार्टफोनलाई एलजी रोलेबल वा एलजी स्लाइड भनिने छ । यो स्मार्टफोनमा एउटा साइड–रोलिङ डिस्प्ले हुने छ जुन स्क्रिन बिस्तार गर्दा ट्यावलेटमा परिवर्तन हुन्छ ।
रिर्पोटका अनुसार एलजी रोलेबलमा ७.४ इन्चको रोलेबल डिस्प्ले हुनेछ । फोनमा २४२८x१०८० पिक्सेल र फोन मोडमा २०ः९ एक्सपेड रेसियो हुने सम्भावना छ । फोनमा १६ः९ एक्सपेड रेसियो र २४२८x१३६६ पिक्सेल रिजोलुसनको एक भिडियो मोड पनि हुनेछ ।
यस बाहेक, फोनमा क्वालकमको फ्ल्यागशिप स्न्यापड्रागन ८८८ प्रोसेसर राखिनेछ, जुन १६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेजको साथ आउनेछ। स्मार्टफोनमा ४,२०० एमएएचको ब्याट्री हुनसक्नेछ।
मूल्यको बारेमा कुरा गर्दा, यो प्रीमियम स्मार्टफोनको मूल्य ४ २,३५९ अमेरिकी डलर हुनसक्ने बताईएको छ । एजेन्सी
प्रकाशित: ६ पुष २०७७, सोमबार