ओपो रेनो ५ सिरिजको आक्रामक सुरुवात, १० मिनेटमै एक अर्ब ८० करोड रुपैयाँको बिक्री

  • Technology Khabar | ५ पुष २०७७, आईतवार
ओपो रेनो ५ सिरिजको आक्रामक सुरुवात, १० मिनेटमै एक अर्ब ८० करोड रुपैयाँको बिक्री

काठमाडौं ।

ओपो रेनो ५ सिरिजले चीनमा आक्रामक सुरुवात गरेको छ । चीनमा ओपो रेनो ५ र रेनो ५ प्रो डिसेम्बर ११ मा सार्वजनिक भएको थियो । बिक्रीका लागि भने डिसेम्बर १८ देखि खुल्ला गरिएको थियो ।

अहिले फोनको लोकप्रियता सम्बन्धी कम्पनीले आधिकारीक डाटा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ओपो रे‍नो ५ सिरिजको बिक्री सुरु भएको १० मिनेट भित्रमा १०० मिलियन युआन (करिब एक अर्ब ८० करोड रुपैयाँ) को कारोबार गर्न सफल भएको छ ।

ओपो रेनो ५ को ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २६९९ युआन (करिब ४८ हजार ४८० रुपैयाँ) छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य २९९९ युआन (करिब ५३ हजार ९२० रुपैयाँ) छ । ओपो रेनो ५ प्रो ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३३०० युआन (करिब ६१ हजार रुपैयाँ) र १२ जीबी र्याम र २५६ स्टोरेजको मूल्य ३७९९ युआन (करिब ६८ हजार ३२० रुपैयाँ) छ।

ओपो रेनो ५ मा ६.४३ इन्चको फुल एचडी प्लस ओएलइडी डिस्प्ले दिइएको छ । फोनको डिस्प्लेको रिफ्रेस रेट ९० हर्ज रहेको छ । यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ७६५ प्रोसेसर छ । ओपो रेनो ५ प्रोमा ६.५५ इन्चको ओइलइडी डिस्प्ले छ । यो स्मार्टफोनको रिफ्रेस रेट १२० एचजेट छ । ओपोका दुबै स्मार्टफोनले एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा काम गर्छ । एजेन्सी

प्रकाशित: ५ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार