
काठमाडौं ।
विश्व बजारमा स्मार्टफोनको बिक्री ५.७ प्रतिशतले घटेको छ । एनालाइटिक एजेन्सी गार्टनरले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासिकमा विश्व बजारमा तीन करोड ६६ लाख यूनिट स्मार्टफोन बिक्री भएका छन् ।
गत वर्षको सोहि अवधिको तुलनामा ५.७ प्रतिशतले स्मार्ट फोनको बिक्री घटेको हो । कोभिड–१९ का कारण स्मार्टफोनको विश्व बजारमै मन्दि छाएको छ।
तेस्रो त्रैमासिकसम्म बिक्रीका हिसाबले सामसङ पहिलो स्थानमा छ । यो अवधिमा सामसङले ८० लाख ८२ हजार युनिट स्मार्टफोन बिक्री गर्न सफल भएको छ । यो बजारको २२ प्रतिशत हिस्सा हो ।
दोस्रो स्थानमा भने चिनियाँ स्मार्टफोन मेकर ह्वावे रहेको छ । ह्वावेको ५१ लाख ८३ हजार यूनिट स्मार्टफोन बिक्री भएको छ । ह्वावेको बजार हिस्सा १४.४ प्रतिशत छ ।
तेस्रो स्थानमा रहेको शाओमीको बजार हिस्सा १२.१ प्रतिशत छ । यो अवधिमा शाओमी स्मार्टफोन ४४ लाख ४१ हजार यूनिट बिक्री भएको छ ।
एप्पल चौथो स्थानमा रहेको छ । ४० लाख ६ यूनिट फोन बेच्न सफल एप्पलको बजार हिस्सा ११.१ प्रतिशत छ ।
ओपोका स्मार्ट फोन २९ लाख ८९ हजार यूनिट बिक्री भएको छ । ८.२ प्रतिशत बजार हिस्साका साथ ओपो पाँचौ स्थानमा छ ।
प्रकाशित: ३ पुष २०७७, शुक्रबार