
काठमाडौं ।
श्रमिकले अनलाइनबाटै पुनः श्रम स्वीकृति अर्थात नविकरणको सुविधा लिन पाउने भएका छन्। आगामी साताबाट लागू हुने यो नियमपछि वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुनेछन्।
सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ।
यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेटवेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ। विभागले विभिन्न बीमा कम्पनी र पेमेन्ट गेटवेसँग सम्झौता गरेको छ।
आईएमई पे, इसेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन्। त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ।
वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेका अनुसार यो सँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने छ। श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम नवीकरणको सुविधा पाउनेछन् ।
प्रकाशित: २ पुष २०७७, बिहीबार