
काठमाडौं ।
आईफोन निर्माता कम्पनी एप्पलले सन् २०२१ मा आईफोनको उत्पादन बढाउने भएको छ।
एप्पलले नयाँ वर्षको पहिलो त्रैमासिक तिर आईफोनका उत्पादन ३० प्रतिशतले बढाएर ९ करोड ६० लाख यूनिट पुर्याउने योजना गरिरहेको हो।
जापानी समाचार संस्था निकाईको रिपोर्टअनुसार कम्पनीले आफ्ना आपूर्तिकर्तालाई करिब ९ करोड ६० लाख वटा आईफोन उत्पादन गर्न आग्रह गरेको छ।
यी उत्पादनमा विशेषगरि आईफोन १२ सिरिकाका फोनहरुका साथमा पुराना मोडलहरु आईफोन ११ र आईफोन एसई मोडल समावेश हुनेछन्। तर यो विषय उपलब्ध आईफोनका कम्पोनेन्टको आधारमा हुने बताईएको छ ।
रिपोर्टकाअनुसार सन् २०२१ को अन्तिमसम्म भने एप्पलले २३ करोड आइफोन उत्पादन गरिसक्ने एप्पलका आपूर्तिकर्ताले बताएका छन्। यस अन्तर्गत दुवै नयाँ र पुराना मोडलहरु उतपदन हुनेछन्।
सन् २०१९ को तुलनामा भने एप्पलले आइफोनको उत्पादनमा बनाएको यो लक्ष्य बीस प्रतिशतले मात्र बढेको हो। यदपि यो लक्ष्य समयअनुसार संसोधन हुने गरेको छ ।
कम्पनीले आफ्ना उपकरणको संख्या हरेक वर्ष बढाउने योजना गरेको छ। यो योजना नियमित जाँच भइरहने र उपभोक्ताको माग अनुसार परिवर्तन पनि हुने सक्ने रिर्पोटको भनाइ छ।
यसका साथै कम्पनीले नयाँ एप्पल टिभी मोडलमा काम गरिरहेको छ भने म्याकबुक प्रो र आईम्याक प्रोको उत्पादन आक्रामकरुपमा गर्ने योजनामा रहेको निकाईको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १ पुष २०७७, बुधबार