
काठमाडौं ।
गुगलले वायर्ड हेडफोनहरुमा असिस्टेन्ट सपोर्ट सहयोग उपलब्ध गराउन शुरू गरेको छ जसमा भ्वाईस नोटिफिकेसन समेत समावेश रहेको छ ।
यस सुविधाले सबै तार सहितको हेडफोनमा काम गर्दछ, चाहे त्यो युएसबी टाइप-सी हो वा ३.५ एमएमको ज्याक।
यसको अर्थ अब तार सहितको हेडफोनलाई युएसबी टाइप-सी वा३.५ एमएमको हेडफोन ज्याकमा जडान गरेपछि, तपाईं गुगल असिस्टेन्टबाट एउटा नोटिफिकेसन पाउनुहुनेछ।
९ टू ५ गूगलको रिपोर्टअनुसार यसमा ट्याप गरेर, सेटअप प्रक्रिया सुरू हुन्छ र प्रयोगकर्ताले अनुमति दिएपनि मात्र प्रकृया शुरु हुनेछ, त्यसपछि असिस्टेन्टले तपाईंको फोनमा नोटिफिकेसनहरू सुन्न सुरु गर्दछ। यसपछि तपाईंले असिस्टेन्टलाई केहि बढि अनुमतिहरू दिनुपर्नेछ, त्यसपछि तपाईँको सेटअप पुरा हुनेछ ।
भ्वाईस कमाण्डका लागि, ईयरफोनमा कल ‘स्वीकार (Accept)’ बटन सिंक गर्नुपर्छ। गुगल असिस्टेन्टको साथ भ्वाइस कमाण्डमार्फत फोन अनलक नगरीकन नै तपाईंले व्यक्तिगत खोजी परिणामहरू र क्यालेन्डरसँग सम्बन्धित जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
हालसम्म यो असिस्टेन्ट फिचर केहि वायरलेस ब्लुटुथ हेडफोनमा मात्र उपलब्ध गराईएको छ भने वायर्ड हेडफोनहरूको मामलामा, यो गुगलको यूएसबी सी पिक्सेल बड्समा मात्र उपलब्ध छ।
प्रकाशित: १ पुष २०७७, बुधबार