एप्पलले आईफोन निर्माण गर्ने भारतीय प्लान्टमा भएको तोडफोड बारे अनुसन्धान गर्ने

  • Technology Khabar | २९ मंसिर २०७७, सोमबार

काठमाडौं ।

एप्पल इंकले यसको ताइवानी ठेकेदार विस्ट्रोन कर्पले दक्षिणी भारतीय शहर बंगलोरको नजिक हिंसा प्रभावित आईफोन निर्माण सुविधा केन्द्रमा आपूर्तिकर्ता दिशानिर्देश उलंघन गरे नगरेको अनुसन्धान गरिरहेको छ।

इकोनोमिक टाइम्सकाअनुसार सो बारेमा अनुसन्धान भईरहेको छ एप्पलको थर्ड पार्टि आपूर्ति गाईडलाईन पालना गरे नगरेको हेरिनेछ ।

हिजो मात्र भारतीय मिडिया रिपोर्टहरूले भने कि कामदारहरूले काम गर्ने घण्टा र भुक्तानीको बारेमा चिन्तित भएका कर्मचारीहरुले विस्ट्रोनको कारखानामा तोडफोड गरेका थिए र सो घट्नामा करीव १०० व्यक्ति पक्राउ परे।

विस्ट्रोन एप्पलको ग्लाेबल सप्लायरमध्ये प्रमुख कम्पनी हो । यसले भारतको प्लान्टमा आईफोन ७ र आईफोन एसईको दोस्रो जेनेरेशन एसेम्बल गर्दछ ।

सो तोडफोडमा दुईवटा ब्याट्रीबाट चल्ने रिक्सा, गाडीहरु र झ्यालहरु नष्ट भएका थिए । विस्ट्रोनले भने सो घट्नाबाट गंभिर चिन्तित भएको बताएको छ । जसमा कम्पनीले कानून पालना गर्ने र अनुसन्धानको लागि प्रहरीलाई सहयोग गर्ने बताएको छ ।

एप्पलको आपूर्तिकर्ता दिशानिर्देशहरूले तेस्रो-पक्ष स्टाफिंग एजेन्सीहरूलाई कामदारहरूलाई भुक्तानी गर्न र उनीहरूले नियम अनुसार समयमै अन्य सुविधाहरू प्रदान गर्न जनाउँछ ।

इकोनोमिक टाइम्सले कम्पनीले मजदुरहरुलाई सहमति गरिएको ज्याला र भुक्तानी गरिएको ज्यालामा केही असमानता छ कि छैन भनेर हेर्ने उल्लेख गरेको छ।

प्रकाशित: २९ मंसिर २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार