आईफोन निर्माण गर्ने कम्पनीको भारतीय यूनिटमा तोडफोड, तलब कटौती हुँदा कर्मचारीहरू उग्र

  • Technology Khabar | २९ मंसिर २०७७, सोमबार
आईफोन निर्माण गर्ने कम्पनीको भारतीय यूनिटमा तोडफोड, तलब कटौती हुँदा कर्मचारीहरू उग्र

काठमाडौं ।

आईफोन निर्माण गर्ने कम्पनी विस्ट्रोन कर्पोरेशनको भारतमा रहेको युनिटमा काम गर्ने कर्मचारीहरूले तोडफोड गरेका छन्।

कम्पनीले कर्मचारीहरुलाई भनेअनुसारको तलब सुबिधा नदिँदा कर्मचारीहरु क्रोधित छन्। त्यसपछि उनीहरुले विस्ट्रोन कर्पोरेशनको युनिट तोडफोड गर्दै सवारीसाधनहरू जलाइदिएको भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ।

ताइवानमा मुख्यालय रहेको विस्ट्रोन कर्पोरेशनको भारतस्थित कर्नाटका राज्यको कोलार जिल्लामा रहेको यूनिटबाट आईफोन ७, लेनोभो, माइक्रोसफ्ट सहित एप्पलका लागि आईटी उत्पादनहरू गर्दै आएको छ।

राज्य सरकारले कम्पनीलाई नरसपुरा औद्योगिक क्षेत्रको ४२ एकड जग्गा २९००० करोड भारु लगानी गर्ने र १० हजारभन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गर्ने प्रस्तावमा प्रदान गरेको थियो।

एक पुलिस अफिसरका अनुसार कर्मचारीहरूले पहिला ढुंगा हानेर झ्यालहरू तोडेका थिए भने त्यसपछि केही कामदारहरू फ्याक्ट्री भित्र पसेर फर्निचर, कम्प्युटर र ल्यापटपमा क्षति पुर्‍याए।

ट्रेड युनियन एक नेताका अनुसार कर्मचारीहरूलाई नियुक्त गरिएको बेलामा भनेअनुसार तलब भुक्तान नगरेकोमा उनीहरू रिसाए। यस बाहेक, कम्पनीले जून तलब दिइरहेको थियो त्यसमा पनि मनोमानी रकम काटिएको थियो। साथै उनले भने कि कम्पनीका अधिकांश इन्जिनियरहरू मासिक २१ हजार रुपैयाँ तलबमा राखिएका थिए। तर कम्पनीबाट तलब घटाई उनीहरूलाई १२ हजार रुपैयाँ दिइयो। त्यस्तै गरी, अन्य फिल्डका कामदारहरूको तलब पनि घटाइयो।

प्रकाशित: २९ मंसिर २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...