सानिमा बैंक र एनसेल बीच सम्झौता, बैंकका ग्राहकलाई निःशुल्क सिम कार्ड र डाटा प्याकेज दिने

  • Technology Khabar | २८ मंसिर २०७७, आईतवार
सानिमा बैंक र एनसेल बीच सम्झौता, बैंकका ग्राहकलाई निःशुल्क सिम कार्ड र डाटा प्याकेज दिने

काठमाडौं ।

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टर्नेट डाटा प्याकेज दिने सम्झौता भएको छ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब रु.३०० बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ ।

साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट (डाटा) प्राप्त गर्नेछन् ।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आफ्नो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चतम ब्याज दिंदै आइरहेको जनाएको छ ।

प्रकाशित: २८ मंसिर २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार