कनेक्ट आइपीएसबाट मेटलाइफको प्रिमियम तिर्न सकिने

  • Technology Khabar | २८ मंसिर २०७७, आईतवार

काठमाडौं ।

कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ ।

ग्राहकहरुको सहजताका लागि मेटलाइफ नेपालले अनलाइनबाटै प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

ग्राहकहरूले प्रीमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइटमा गएर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन ।

ग्राहकहरुलाई प्रिमियम भुक्तान गर्न सजिलो बनाउने उद्धेश्यले अनलाइन मार्फत प्रिमियम भुक्तानी गर्न कनेक्ट आइपीएससँग साझेदारी गरेको मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: २८ मंसिर २०७७, आईतवार

तपाइको प्रतिक्रिया