
काठमाडौं ।
अमेरिकी कम्पनी एप्टेरा प्याराडिजिमले घामबाट चार्ज हुने इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ।
यो गाडी फुल चार्जमा १६ सय किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ। यो गाडीलाई सौर्य शक्तिसोस्न सक्ने गरी डिजाईन गरिएको छ।
यो गाडी सार्वजनिक गरेको २४ घण्टामा नै सबै बिक्रि भएको कम्पनीले जानकारी दिएको छ ।
३ वटा पांग्रा भएको यो गाडी हेर्दा सानो जेट जस्तो देखिन्छ। यसमा २ वटा सिट जडान गरिएको छ। यो गाडी २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा उपलब्ध छ।
क्यालिफोर्नियामा आधारित स्टार्टअप अप्टेराले यसको तीन चक्के कारलाई ‘विश्वको पहिलो कहिल्यै चार्जगर्नु नपर्ने सौर्य विद्युतीय वाहन’ को रूपमा वर्णन गरेको रिपोर्टमा उल्लेख छ ।
यो सोलार पावर इलेक्ट्रिक कारको मूल्य २६ हजार अमेरिकी डलर तोकिएको छ ।
त्यस्तै यो १ सय किलोवाटको फ्रन्ट ह्विल ड्राइभ र १ सय ५० किलोवाटको अल ह्विल ड्राइभ अप्सनमा पनि उपलब्ध छ।
एप्टेरा प्याराडिजिम गाडीका विभिन्न अप्सनले १ सय ३४ विपिएच देखि २ सय १ विपिएच पावर जेनेरेट गर्न सक्ने बताइएको छ।
त्यस्तै यसले ०.५ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटरसम्मको रफ्तार पकड्न सक्छ भने यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ।
पहिलो ब्याचमा केबल ३३० यस्ता कारहरु तयार हुनेछ र यी सबै अहिले नै बुकिङ्ग भईसकेको कम्पनीले जनाएको छ । यी कारहरु सन् २०२१ मा मात्र ग्राहककोमा डेलिभरी हुनेछ । एजेन्सी
प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार