सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

  • Technology Khabar | २६ मंसिर २०७७, शुक्रबार
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

काठमाडौं ।

सनराइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३ राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले राजकोटमा संचालनमा आएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालाई नियुक्त गरेको छ ।

बिहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पाण्डु माध्यमिक विद्यालय राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार