Technology Khabar २६ मंसिर २०७७, शुक्रबार
काठमाडौं ।
Youtubeले लाइभ स्ट्रिमका लागि हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ ।
युट्युबले अझै राम्रो कन्ट्रास्ट,धेरै विवरण, राम्रो गुण, जीवन्तता जस्तो फिचरहरु भएको एचडीआरमा लाइभ स्ट्रिम गर्न दिने भएको हो ।
इनकोडर भएको निर्माताले लाइभ स्ट्रिम एचडीआरमै गर्न सक्छन् । त्यस्तै दर्शकले भने एचडीआरलाई सपोर्ट गर्ने डिस्प्ले राख्नुपर्ने हुन्छ ।
दर्शकहरुका लागि पनि लाइभ स्ट्रिम एचडीआरमा हेर्न कम्प्याटिबल डिभाइसको आवश्यकता पर्दछ । यदि दर्शकको ग्याजेटमा एचडीआर सपोर्ट भएन भने लाइभ स्ट्रीम स्टान्डर्ड डायनामिकमा प्ले मात्र हुनेछ ।
यससँगै प्रयोगकर्ताहरुले रियल टाइममै भिडियो क्वालिटीको उत्कृष्ट अनुभव गर्न पाउने भएका छन् । एचडीआर अर्थात हाई डाइनामिक रेन्जले तपाईंको सामग्रीलाई व्यापक रेन्ज प्रदान गर्दछ ।
युट्यूबले २०१६ मा नै एचडीआर भिडियोको सपोर्ट उपलब्ध गराएको थियो । एजेन्सी
प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार