यस्तो छ सामसङको ११० इन्चको माइक्रो एलईडी टेलिभीजन

Technology Khabar २६ मंसिर २०७७, शुक्रबार

काठमाडौं ।

दक्षिण कोरियाली टेक कम्पनी सामसङले ११० इन्चको माइक्रोएलईडी टिभी सार्वजनिक गरेको छ । हाल दक्षिण कोरियामा मात्र सार्वजनिक गरिएको यो टिभी प्रि सेलका लागि उपलब्ध गराइएको हो ।

सामसङले पहिले पटक सन् २०१८ मा माइक्रो एलईडी टिभी प्रदर्शन गरेको थियो ।

यो टिभी दक्षिण कोरियामा  नयाँ स्मार्ट टिभी यस अघि सार्वजनिक सुपर साइज टिभीभन्दा फरक प्रकारको छ।

यो स्मार्ट टिभीमा अल्ट्रा एचडी रेजोलुसन तथा एचडीआर माइक्रो एलईडी स्क्रिन राखिएको छ । यसमा प्रयोग गरिएको माइक्रो एलईडी डिस्प्लेमा माइक्रो साइजको एलईडी राखिएको छ ।

यसले फोरके रिजोलुसन सपोर्ट गर्दछ । यसमा म्याजेस्टिक साउन्ड सिस्टम सपोर्ट छ, जसले ५.१ च्यानल सराउन्डलाई सोझै टिभीबाट सुनाउन सक्छ ।

सामसङको यो स्मार्ट टिभी मोड्युलर टिभी नभएर एउटा पूर्णरुपको टिभी हो । कम्पनीले सन् २०२१ को पहिलो त्रैमासदेखि माइक्रो एलईडी टिभी अन्य बजारहरुमा पनि उपलब्ध गराउने बताएको छ । यसअघिको कम्पनीले ल्याएको यस्तै टिभी भने मोड्युलर टिभी थियो ।

नयाँ टिभीको मूल्य कम्पनीले सार्वजनिक नगरेपनि करिब ११७० मिलियन केआरडब्लू अर्थात एक करोड ८४ लाख रुपैयाँ रहने अनुमान गरिएको छ । माध्यम

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया