‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’, हरेक हप्ता २ जना भाग्यशाली ग्राहकलाई नगद एक/एक लाख

  • Technology Khabar | २५ मंसिर २०७७, बिहीबार
‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’, हरेक हप्ता २ जना भाग्यशाली ग्राहकलाई नगद एक/एक लाख

काठमाडौं ।

डिशहोममा डिलर दाइको डिस्काउन्ट योजना अन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।

मंसिर १२ गतेदेखि मंसिर १८ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १ लाख नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत मंसिर १९ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आइडी नम्बर ०२५१९२९४६९१ बिजेता बन्न सफल भएका छन् ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने लाइभ लक्की ड्र मंसिर २६ गते शुक्रवार साँझ ५ बजे शोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा हुने छ ।

मंसिर १९ गते शुक्रवार देखि मंसिर २५ गते बिहिबारसम्म डिशहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मंसिर २६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली ड्र मा सहभागी गराएको डिशहोमले जनाएको छ ।

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...